नेकपाको बहुमत सचिवालय सदस्य उपचुनावको विपक्षमा, बामदेवको सांसद बन्ने धाेकाे के हाेला?

नेकपाको बहुमत सचिवालय सदस्य उपचुनावको विपक्षमा, बामदेवको सांसद बन्ने धाेकाे के हाेला?


काठमाडौं– नेकपाका नेता बामदेव गौतमका लागि भन्दै सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिएको घोषणा गरेपनि उपनिर्वाचनमा अन्यौलता छाएको छ।

काठमाडौं ७ मा उपनिर्वाचन हुने खबर सार्वजनिक भएपछि व्यापक विरोध भइरहेका बेला नेकपाको सचिवालयका बहुमत सदस्य पनि उपनिर्वाचनको विपक्षमा उभिएका छन्।

नेपाको सचिवालयमा ९ सदस्य रहेकोमा ५ जना सदस्य निर्वाचित सांसदलार्इ राजिनामा गराएर उपचुनाव गराउने विषयको विपक्षमा देखिएका हुन्। जसकारण बुुधबारका लागि बोलाइएको सचिवालय बैठक २७ असोजसम्मका लागि सारिएको छ ।

नेताहरूको व्यस्ततालार्इ कारण देखाएर बैठक सारिएको भनिए पनि सचिवालयमा रहेका मध्ये स्पष्ट रूपमा ५ जना र एक जना शान्त रूपमा विपक्षमा देखिएका छन्।

सचिवालयमा रहेका मध्ये उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक रूपमै विरोध जनाएका छन् प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा  उपचुनावकाे विरूद्धमा रहेका छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपाको सिट गुम्ने गरी उपचुनाव नहुने बताइसकेका छन्।

बर्दियाबाट पराजित नेकपाका सचिवालय सदस्य बामदेव गौतम जसरी पनि सांसद बन्ने दाउमा छन्।