नारायणकाजीपछि बामदेवको भविष्य संकटमा, बामदेव संजय गौतमभन्दा ३ हजार मतले पछि

नारायणकाजीपछि बामदेवको भविष्य संकटमा, बामदेव संजय गौतमभन्दा ३ हजार मतले पछि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया– एमाले नेता बामदेव गौतम हारको नजिक पुगेका छन् । बाम गठवन्धनका साझा उम्मेदवार रहेका गौतम तीन हजार मतले पछी परेका छन् ।

 

 

नेपाली कांग्रेस नेता एंवम् वहालवाला सिंचाईमन्त्री संजय गौतमसंग उनको प्रतिस्पर्धा छ ।

 

 

मन्त्री गौतमले ३५ हजार ६ सय ६९ मत पाएका छन् भने एमाल नेता गौतमले ३२ हजार ८ सय १० मत प्राप्त गरेका छन् ।

 

 

यसअघि माओवादी केन्द्रका उपाध्यक्ष गोरखाबाछ पराजित भएका थिए । गौतम पनि एमालेका उपाध्यक्ष हुन । बर्दियाबाट एमालेका उपाध्यक्षको भविष्य पनि संकटमा परेको छ ।

 

उनि माओवादी केन्द्र र एमालेको गठवन्धन निर्माण गर्ने प्रमुख पात्र हुन । पुर्व गृहमन्त्री समेत रहेका गौतम यसअघि प्युठान र बर्दियाबाट निर्वाचित भएका थिए ।