काठमाडौं – बामदेब गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने पक्का भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालाय बैठकले सांसद रामवीर मानन्धरको राजीनामा स्वीकृत्त गरेसंगै बामदेब चुनाव नलड्ने भएका हुन् ।
‘आजको बैठकले रामवीरको पत्रबारे निर्णय गर्नु नपर्ने निश्कर्ष निकालेको छ, बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’यसको अर्थ अब पार्टी उपचुनावमा नजाने र वामदेवजी चुनाव नलड्ने निश्कर्ष निकालिएको छ ।’
आइतबार बसेको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चांडो टुंगो लगाउने, नेतृत्वको वीचमा आशंका हैन, सुदृढ एकता कायम गर्ने र सरकारलाई पनि सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालिएको नेता श्रेष्ठले जानकारी दिए ।
नेतृत्वको वीचमा लामो एवं खुल्ला छलफल भएको र एजेण्डागत रुपमा चाहिं रामवीर मानान्धरको पत्रको विषयमा केन्द्रित भएर छलफल भएको उनले बताए । पार्टी एकता र सरकारका विषयमा सथयी कमिटीको बैठकमा छलफल हुने श्रेष्ठले बताए । सचिवालयको अर्को बैठक सोमबार दिउंसो १ बजे बस्नेछ । त्यसैगरी नेकपाको स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ
प्रतिक्रिया