काठमाण्डु- सामान्य बोलीचालीको भाषामा, हाम्रा वरपरका जमीन, हावा, पानी, खानी, वनजंगल लगायतका सजीवहरू जसलाई प्राकृतिक स्रोत भनिन्छ, त्यही नै प्राकृतिक पूँजी हुन्। प्राकृतिक पूँजीलाई राज्यको लेखा प्रणालीमा समावेश गरेर कार्यान्वयनमा ल्याउन सके प्रदेश र स्थानीय सरकार त बलिया हुन्छन् नै, समृद्धिको यात्रा र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहज हुन्छ।
तर, मुलुकका प्राकृतिक स्रोतहरू अवैधरुपमा मासिंदै छन् । काठमाण्डु उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजंगलहरुको समेत दोहन भइरहेको छ । ललितपुरको टिकाभैरव,नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ ।
ठूलै प्राकृतिक विपत्तिले खियाएको पहाडझैं छ वरिपरिको जमिन। त्यही जमिन उधिन्न प्रयोग भइरहेका छन् ठूला डोजरलगायत उपकरण। त्यहाँ पुग्दा धुलो र चर्को ध्वनिले निसास्सिएझैं हुन्छ। उराठलाग्दो वातावरणीय परिवेशमा ठिंग उभिएका छन् घरहरु पनि। जस्तापाताले छाएका ती घर धुलाम्मे छन्। वरिपरि जमिन उधिन्न प्रयोग भएका उपकरण चल्दै गर्दा घर पनि बिस्तारै हल्लिएजस्तो महसुस हुन्छ।
प्रतिक्रिया