वन मन्त्रालयमा एक सय १५ जना उपसचिवहरुको सरुवा (सुचीसहित)

वन मन्त्रालयमा एक सय १५ जना उपसचिवहरुको सरुवा (सुचीसहित)


काठमाडौं–वन मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । मंगलवार सांझ मन्त्रालयले १ सय १५ जना भन्दा बढी उपसचिवहरुको सरुवा गरेको हो । वनसचिव विश्वनाथ वलीले हस्ताक्षर गरेको सरुवाअनुसार उनिहरुलाई सातै प्रदेश र मन्त्रालयमा जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयले गरेको सरुवाअनुसार उपसचिव विन्दु कुमारी मिश्रलाई बाग्लुङबाट मन्त्रालय, संजय तिवारीलाई दार्चुलाबाट मन्त्रालय, पशुपतिनाथ कोइरालालाई पहाडी साना किशान परियोजनाबाट वन मन्त्रालय सरुवा गरिएको छ ।

सचिव वलीले डिएफओहरुको सरुवा गर्दा मापदण्ड अपनाएको दाबी गरेपनि उनले अधिंकाश डिएफओहरुको सरुवा राजनितिक आस्थाका आधारमा गरेको वन मन्त्रालय स्रोतले जानकारी दियो । वली वामपन्थी पृष्ठभुमिका सचिव हुन । उनले जुन नेकपा निकट उपसचिवहरुलाई आकर्षक ठाउं दिएको आरोप लागेको छ ।

वलीले श्रीप्रसाद बराल,बिष्णुलाल घिमिरे,बिष्णुप्रसाद आचार्य,विशाल घिमिरे,इन्द्रमणी भण्डारी, जयमंगल प्रसाद, भरतबावु श्रेष्ठ, कोमलराज काफ्ले र अजयविक्रम मानन्धरलगायतको सरुवाको लागी निकै जोड दिएको बताइन्छ ।

वनमन्त्री शक्तिबहादुर वस्नेतले मापदण्ड वनाएर सरुवा बढुवा गर्न निर्देशन दिएका थिए । मन्त्री बस्नेतले सरुवाको लागी कुनै पनि दबाव नदिएको स्रोतको दाबी छ ।

सचिवमध्ये सबैभन्दा जुनियर सचिव रहेका वलीले सिफारीस गरेका अधिकांश उपसचिव नेतृत्व क्षमता नभएका, पटक पटक बिवादमा आएका र पार्टी निकटताका आधारमा मात्र सिफारीस गरिएको भन्दै उनको आलोचना भएको छ ।

उपसचिवहरुको सरुवाको सुची हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।