काठमाण्डु – काठमाण्डु उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई अवरुद्ध गरेपछि बञ्चरेडाँँडामा तनाव भएको छ । बुधबार उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई बञ्चरेडाँडामा स्थानीयले अवरुद्ध गरेपछि तनाव भएको हो ।
स्थानीयले विरोध गरे पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको जनाइएको छ । काठमाण्डुबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरिएको थिए ।
ती फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । फोहोर बोकेका गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको थियो ।
प्रतिक्रिया