टेक्सास– अमेरीकाको टेक्सासको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा २० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुशार विहान साढे ११ बजेतिर आइतवारको प्राथना चलिरहदा घटना भएको हो ।
साउदर ल्याण्ड स्प्रींग टेक्सासमा भएको घटनामा कैयन घाइते भएको अमेरीकी संचारमाध्यमहरुले जनाएका छन् । घटनाको बारेमा एफबीआईली अनुसन्धान सुरु गरेको छ ।
बन्दुकधारीले घटनापछि आफैलाई गोली प्रहार गरेका छन् । उनको पनि घटनास्थलमै मुत्यु भएको छ।
प्रतिक्रिया