सुत्केरीको मृत्यु भएपछि बनेपा अस्पतालमा तोडफोड

सुत्केरीको मृत्यु भएपछि बनेपा अस्पतालमा तोडफोड


काभ्रे-बनेपाको शिर मेमोरियल अस्पतालको आइसियुमा उपचार गराइरहेकी एक सुत्करीको मृत्यु भएपछि पीडितका आफन्तले तोडफोड गरेका छन् ।

साउन ९ गतेदेखि बनेपा नगरपालिका–३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् । हिजो दिउँसो उनले नर्मल डेलिभरीमार्फत छोरा पाएकी थिइन् । तर, सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो । रक्तश्राव धेर भएसँगै उनको पाठेघरको शल्यक्रियासमेत गरिएको थियो ।

शल्यक्रियापछि आइसियुमा राखेर उपचार भइरहेकोमा गएराती उनको मृत्यु भएपछि आफन्तहरूले आइसियुमा तोडफोड गरेका थिए ।

सुन्दाशको मृत्यु भएपछि पीडित पक्ष र अस्पतालबीच राती नै वार्ता भएको थियो । उक्त वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुने बताइएको छ ।