काठमाण्डु – बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस भोलि बिहीबार स्वदेश फर्किने भएका छन् ।
बंगलादेशमा माइक्रो फाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उनी बिहीबार ढाका फर्किने कार्यक्रम रहेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जनाएको छ ।
बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलार्य अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् ।
बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।
राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको छ ।
प्रतिक्रिया