काठमाण्डु- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगीका लागि भारतलाई आग्रह गर्न सक्ने अधिकारीहरूले बताएका छन् ।
बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सकिने बताएका हुन् । यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्न सक्ने उनले बताए ।
ढाकामा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भने, ‘हसिना विरूद्ध धेरै मुद्दाहरू छन् । उनी भारतमा लामो समय बस्दा प्रश्न उठ्न सक्छ । यदि गृह मन्त्रालय र कानुन मन्त्रालयबाट अनुरोध आयो भने हामीले उनलाई स्वदेश फर्काउन आग्रह गर्नुपर्ने अवस्था आउनसक्छ र त्यसले भारतका लागि लज्जाजनक स्थिति हुन सक्छ ।’
बंगलादेशमा गत महिना भएको विद्यार्थी आन्दोलनमा थेग्न नसकेपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टर चढेर भारत पुगेकी थिइन् । त्यसपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् ।
यसअघि बंगलादेशको वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्न बंगलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले वपन हसिना र उनकी रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया