बंगलादेशविरुद्ध पहिलो टेस्टका लागि भारतीय टोलीको घोषणा

बंगलादेशविरुद्ध पहिलो टेस्टका लागि भारतीय टोलीको घोषणा


काठमाण्डु-भारत र बंगलादेशबीच सेप्टेम्बर १९ मा सुरु हुने दुई टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्टका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

सिरिजको पहिलो खेल सेप्टेम्बर १९ मा चेन्नईमा र दोस्रो खेल सेप्टेम्बर २७ मा कानपुरमा हुनेछन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पहिलो टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको हो ।

यस्तो छ भारतीय टोली

रोहित शर्मा (कप्तान), यशस्व जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), आर. अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाशदीप, जसप्रित बुमराह र यश दयाल