बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने

बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने


काठमाण्डु – बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख वाकर युज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका हुन् ।

सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ ।’