बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी कम्तिमा ६९ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी कम्तिमा ६९ जनाको मृत्यु


काठमाडौं – बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तिमा ६९ जनाको ज्यान गएको छ । झण्डै ४५ जना गम्भीर घाइते भएका छन् । बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर विस्फाेट भएर आगलागी भएको हो ।

राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो ।

ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका छन् । आगलागी भएको क्षेत्रमा रसायनको गोदाम पनि थियो । ३७ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

अहिलेसम्म १२ जनाको शव बाहिर निकालिएको छ । ९५ प्रतिशत आगलागी नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आएपछि खोजी तथा उद्धारको काम जारी राखिने सरकारी अधिकारीले बताएका छन् ।