राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, सर्वसाधारणले पनि किन्न पाउने

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, सर्वसाधारणले पनि किन्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

कूल ७ वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा ७ प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् ।

अंकित मूल्य १ हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।

२ अर्ब ५० करोड बराबरको कूल निष्कासन मध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।

यस्तै, ४० प्रतिशतले हुने १ अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल ९ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैंकको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।