काठमाण्डु– वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।
भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गर्दै बैंकहरुले ब्याजदर घटाएकाे जानकारी दिए ।
भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ।यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो। साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२४ प्रतिशतविन्दु घटेको छ।
सूचना प्रकाशित गरेका १८ बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी १ बैंकले भने ब्याजदर बढाएको छ।
भदौ महिनामा एनआईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा यी बैंकहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका छन्। सबैभन्दा कम ब्याज दिने बैंक भने नेपाल बैंक रहेको छ। यस्तो निक्षेपमा सो बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत रहेको छ।

प्रतिक्रिया