वाणिज्य विभागले उपत्यकाका ६ वटा व्यावसायिक फर्मलाई तिरायो जरिवाना

वाणिज्य विभागले उपत्यकाका ६ वटा व्यावसायिक फर्मलाई तिरायो जरिवाना


काठमाण्डु– काठमाडौँ उपत्यकाका ६ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।

चाडपर्वलक्षित अनुगमन सुरु गरेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले एकै दिन ६ वटा फर्मलाई कारबाही गरेको हो ।

विभागले आइतबार काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरूमा अनुगमन गरेको थियो ।

विभागले नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरूलाई न्यूनतम ५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिको छ ।