काठमाण्डु – मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
अघिल्लो साताको तुलामा पाँच अर्ब निक्षेप घटेको हो । गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो । वाणिज्य बैंकहरूबाट चार अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब निक्षेप घटेको छ ।
बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको छ ।
निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ । बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ ।
निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेर ९१ दशमलव २१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया