काठमाण्डु- वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।
बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको छ ।
माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४१प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । त्यस्तै एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरको निरन्तरता दिएका छन् ।
प्रतिक्रिया