वाणिज्य बैंकहरूको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ

वाणिज्य बैंकहरूको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाणिज्य बैंकहरूले कूल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा यस्तो तथ्याकं आएको हो ।

सार्वजनिक वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले अर्बाैं नाफा कमाएका हुन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । १ वर्षको समीक्षा अवधिमा बैंकहरूको नाफा जम्मा १.४० प्रतिशत बढेको छ ।

यस क्रममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ तर वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै २१ गुणा नाफा बढेको देखिन्छ ।

एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।