अब जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने

अब जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने


काठमाडौं– अब जुनसुकै बैंकबाट आफ्नो खाता भएको बैंकमा रकम जम्मा गर्न सकिने भएको छ।

 

नेपाल राष्ट्र बैंकले यो सुविधा कार्यान्वयनमा ल्याउन आइतबार  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

 

 

यसअघि रकम जम्मा गर्न जुन बैंकमा खाता छ, उही बैंकबाट मात्र जम्मा गर्न सकिन्थ्याे। तर, अब नयाँ नियम लागू भएकाे हाे।

 

 

अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग बैंकले आवश्यक  शुल्क भने लिने जनाइएकाे छ।  सेवाग्राहीलाई पूर्वजानकारी गराएर शुल्क लिन राष्ट्र बैंकले बैंकहरुलाई छुट दिएको हाे ।

 

अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् । यस व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो हुने छ ।

 

 

अर्को बैंकमा गएर रकम जम्मा गर्न सकिने भए पनि रकम झिक्न भने आफ्नो खाता भएकै बैंक वा त्यो बैंकको शाखामा जानु पर्ने छ ।