काठमाण्डु – वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्ने सहमति गरेका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुसमा समेत मंसिरकै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेका हुन् । यससम्बन्धमा औपचारिक निर्णय भने बुधबार हुनेछ ।
बैठकले निक्षेप र कर्जाको ब्याजदरमा कुनै फेरबदल नगर्ने निर्णय गरेको हो । मंसिरमा विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । बैंक र विकास बैंकको ब्याजर स्थिर भएसंगै शेयर बजारमा सुधार आउने अपेक्षा गरिएको छ ।
बैंकर्स संघको निर्णयसंगै अब पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम हुनेछ ।
बैंकको ब्याजदर मंहगो भएको भन्दै व्यवसायीहरु आन्दोलनमा छन् । उनिहरुले सरकारलाई ब्याजदर घटाउन दबाव दिइरहेका छन् ।
प्रतिक्रिया