नेपालगंजमा अबैध मदिरा नष्ट गर्दै प्रहरी 

नेपालगंजमा अबैध मदिरा नष्ट गर्दै प्रहरी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बांके-  बांकेमा प्रहरीले अवैध मदिरा नष्ट गरेको छ । बांकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा टिनले छाएका टहराहरुमा अवैध रुपमा मदिरा उत्पादन तथा वितरण भइरहेको गुनासोका आधारमा प्रहरीले उक्त स्थानमा छापा हानेको थियो । 

वडा प्रहरी कार्यालय नेपालगंजका प्रमुख प्रहरी निरिक्षक नारायण डांगीको कमाण्डमा खटिएको प्रहरी टोलीले घरेलु मदिराका साथै मदिरा बनाउ प्रयोग गरीने सामानहरु समेत बरामद गरी नष्ट गरेको छ । 

प्रहरी निरीक्षक  डांगीकाअनुसार प्रहरीले अवैध घरेलु मदिरा १६६० लिटर,मदिरा बनाउन प्रयोग गरिने सामान ३ थान र जांड बनाउन प्रयोग गरीने औषधी ७ केजी समेत बरामद गरेको छ ।  

वडा प्रमुखका रुपमा नेपालगंज आएसंगै डांगीले चोरी,तस्करी,अपराध नियन्त्रणका लागी अभियान संचालन गर्दै आएका छन् ।