काठमाडौं – बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप छ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव दुुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३ दशमलव सात प्रतिशतले बढेको छ । ०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव चार प्रतिशत, ३६ दशमलव चार प्रतिशत र ४२ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमश : आठ दशमलव दुुई प्रतिशत, ४२ दशमलव एक प्रतिशत र ३२ दशमलव आठ प्रतिशत रहेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव दुुई प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव तीन प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव छ प्रतिशत र १४ दशमलव तीन प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७ दशमलव तीन प्रतिशत रहेको थियो । चालू आवको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव नौ प्रतिशतले बढेको थियो ।
यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ५० दशमलव पांच प्रतिशत अर्थात् ३२ अर्ब ६१ करोड रुपैयांले वृद्धि भएर ९७ अर्ब १४ करोड रुपैयां पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव चार प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया