बैंकिङ कसुरको आरोपमा पूर्व मन्त्री यादव पक्राउ

बैंकिङ कसुरको आरोपमा पूर्व मन्त्री यादव पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बांके – लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो । तत्कालीन जनता समाजवादी पार्टीमा आवद्ध नेता यादव पछि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि निलम्बनमा परेका थिए ।यादव पछि एमालेमा प्रवेश गरेका थिए ।

यादवले रुपन्देहीको सियारी गाउँपालिका १ का उमाशंकर यादवलाई बैंक अफ काठमाण्डूको १२ लाख २८ हजारको चेक दिएका थिए । खातामा रकम नभएपछि उक्त चेक बाउन्स भएको थियो । यादवलाई बाँकेको डुडुवा गाउँपालिकाबाट पक्राउ गरिएको हो ।