वन जंगल बिनास भएर मरुभूमि हुन्छ भन्ने चिन्ता विदेशीमा देखियो :बनमन्त्री वस्नेत

वन जंगल बिनास भएर मरुभूमि हुन्छ भन्ने चिन्ता विदेशीमा देखियो :बनमन्त्री वस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकबीच भेटावार्ता भएको छ । भेटमा नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्ने सहमती भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो समेत देखाएको हो ।

लामो समय युद्धबाट गुज्रिएको कोरियाले खाली जमिनमा जंगल क्षेत्र विस्तार गरेको चर्चा राजदूत सिकले गरेका थिए । उनले नेपालसहित विकासशील मुलुकमा सोही पद्दति अबलम्बन गर्न सकिने बताए ।

कोरिया सरकारको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो । जवाफमा मन्त्री बस्नेतले कोरियाको अनुभव नेपालजस्ता तेश्रो विश्वका मुलुकहरुका लागि अनुकरणीय हुने भन्दै सहकार्यका लागि तयार रहेको बताए ।

मन्त्री बस्नेतले केही वर्षअघि नेपालमा वन जंगल बिनास भएर मरुभूमिकरण हुने हो कि भन्ने विश्व समुदायले चिन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कुल क्षेत्रफलमध्ये करिब ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको तथ्याङ्क उल्लेख गरे ।

‘हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं’, मन्त्री बस्नेतले भने, ‘भर्खरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्कले पनि त्यही देखाउँछ ।’

मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले वन पैदावारमा आधारित उद्यमशीलता, इको टुरिज्म प्रवद्र्धन, वाटर रिसोर्स म्यानेजमेन्ट र एग्रो फरेष्ट्रीजस्ता एजेण्डामा केन्द्रित रहेर कार्ययोजना बनाएको बताए ।

नेपाल पूर्वाधार विकासको चरणमा रहेको भन्दै मन्त्री बस्नेतले विकास र पर्यावरणबीच उति सन्तुलन मिलाएर अघि बढ्ने नीतिमा सरकार र मन्त्रालय रहेको अवगत गराए ।

यस्तै उनले नेपालमा वन जंगल क्षेत्र बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजनामा सरकार रहेको बताए ।

‘करिब ५४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ’, उनले भने, ‘अब हामी कार्बनको अन्तर्रा्ष्ट्रिय व्यापार गर्नेबारेमा सोचिरहेका छौं ।’ त्यस अवसरमा मन्त्रीले दक्षिण कोरियाको राष्ट्रिय दिवसका अवसरमा कोरिया सरकार र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिए ।