ब्यानरमा लेनिनको फोटो नभएको भन्दै एमाले-माओवादीको संयुक्त सभामा लफडा

ब्यानरमा लेनिनको फोटो नभएको भन्दै एमाले-माओवादीको संयुक्त सभामा लफडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पार्टी एकताको सन्देश दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताहरूले विरोध गरेका छन्।

पार्टी स्थापना तथा लेनिन जयन्तीको दिन कार्यक्रमको ब्यानरमै लेनिनको फोटो नभएको भन्दै कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा कार्यकर्ताले नाराबाजी गरिरहका छन्। कार्यकर्ताको नाराबाजीका कारण कार्यक्रम सुरु हुन सकेको छैन। यता नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले कार्यकर्तालाई संयमित ढंगले कुरा राख्न आग्रह गरे।

उनले भने,‘तपाईहरूले उठाएका कुरा हामी सम्बोधन गर्छौँ। के गर्नुपर्छ हामी गर्छौँ। तपाईहरू अनुशासित भएर आफ्नो ठाउँमा बस्नुस्।’ यसैबीच कार्यकर्ताको विरोधपछि आयोजकले ब्यानर हटाइएको छ। ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारी तथा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मात्रै फोटो थियो । माओवादी कार्यकर्ताले लेनिनको फोटो राख्न माग गर्दै नाराबाजी गरेका छन् ।
नाराबाजीपछि कार्यक्रम सुरु हुन सकेको छैन ।