सर्जियो बुस्केट बने बार्सिलोनाको नयाँ कप्तान

सर्जियो बुस्केट बने बार्सिलोनाको नयाँ कप्तान


एजेन्सी – अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी बार्सिलोनाबाट बाहिरिएपछि सर्जियो बुस्केट नयाँ कप्तान नियुक्त भएका छन् । सिजन २०२१/२२ का लागि बुस्केट क्लबको नयाँ कप्तानमा नियुक्त भएका हुन् ।

बार्सिलोनाले बुस्केटको नेतृत्वमा एक कप्तानी टिम बनाएको छ । उक्त टिममा जोरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्बा कप्तना रहेका छन् ।

मेस्सीले २०१८/१९ देखि बार्सिलोनाको कप्तानी सम्हाल्दै आएका थिए । मेस्सीको कप्तानीमा बार्साले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।

मेस्सी बार्साको कप्तान बन्दा बुस्केट उपकप्तान थिए । सन् २००५ मा बार्सासँग आबद्ध भएका बुस्केटले २००८ देखि निरन्तर बार्साका लागि खेलिरहेका छन् ।