राजनीतिक पूर्वाग्रह राखेर रविलाई सरकारले धेरै जिल्ला घुमाउँदैछ : उपमहासचिव पुन

राजनीतिक पूर्वाग्रह राखेर रविलाई सरकारले धेरै जिल्ला घुमाउँदैछ : उपमहासचिव पुन


प्युठान – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।

प्युठानको जुम्रीमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति आपत्ति जनाएका छन् ।

उपमहासचिव पुनले भने, ‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । प्रक्रिया नपुर्‍याई मध्यरातमा उठाएर हिँडाउने कुरा नागरिक अधिकार विपरीतको कुरा हो ।’

राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै उनले बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकारसम्पन्न निकाय गठन हुनुपर्ने बताए ।