काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको खस्केको मनोबल उकास्नेगरी बजेट ल्याएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याएका छौँ ।’
अर्थमन्त्री पुनले करका दरहरू सचेत भएर चलाएको बताए । ‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य संगत ढंगले चलाएका छौं । आफ्नो उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दरहरू चलाएका छौं,’ अर्थमन्त्री पुनले भने ।
समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनले बताए । दबाबबीच सन्तुलित बजेट ल्याउन सकेको भन्दै उनले अहिले अर्थतन्त्र लयमा फर्कन थालेको र अझै यसलाई राम्रो बनाउन सरकार प्रयासरत रहेको बताए ।
प्रतिक्रिया