वाम गठवन्धनले दुई तिहाई ल्याउने वर्षमान पुनको उद्घोष, कांग्रेस गठवन्धन १० सिटमा सीमित हुने दाबी

वाम गठवन्धनले दुई तिहाई ल्याउने वर्षमान पुनको उद्घोष, कांग्रेस गठवन्धन १० सिटमा सीमित हुने दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले आसन्न निर्वाचनमा वाम गठवन्धनले दुई तिहाई बहुमत ल्याउने बताएका छन्।

 

आइतबार रोल्पाको लिवाङमा मनोनयन दर्ता गरे लगत्तै आयोजित सभामा नेता पुनले लाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे।

 

प्रत्यक्षतर्फ कांग्रेस गठवन्धनले १० सिट भन्दा बढी नल्याउने उनले जिकिर गरे।

 

पुनले भने, ‘अब दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा हामी जानेछौं। कांग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन।’

वाम गठवन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने नेता पुनले बताए।

 

 

कार्यक्रममा एमाले नेता गोकुल घर्तीले वाम तालमेल ऐतिहासिक आवश्यकता भएको चर्चा गरे।

 

पूर्वअर्थमन्त्री रोल्पाबाट चुनावी मैदानमा छन्। कांग्रेसले वर्तमान सिंचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनलाई अगाडि सारेको छ।