नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै पूर्वअर्थमन्त्री पुन

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै पूर्वअर्थमन्त्री पुन


काठमाडौं–माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ नियमित स्वास्थ्य परिक्षणका लागि आज बैंकक जाँदैछन्।

 

जन्डीसबाट पीडित पुन आज दिउँसो १ः५५ बजेको थाई एयरवेजको नियमित उडानबाट बैंकक जान लागेका हुन्।

 

उनी निवर्तमान सभामुख ओनसरी घर्तीसंगै बैंकक जान लागेका हुन्।

 

पुनको उपचार बैंककस्थित समितिभेज अस्पतालमा भएको थियो। अहिले पनि सोही अस्पतालमा परिक्षण हुनेछ।

 

 

पुन बिहीबार स्वास्थ्य परिक्षण गराएर अनन्त शुक्रबार नेपाल फर्कने उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।

 

 

एमाले–माओवादीले भावी सरकारका विकाश र सम्बृद्धिको अध्ययन गर्न गठित कार्यदका सदस्य समेत भएकाले राजनीतिक कामलाई मध्यनजर गर्दै अनन्त तुरुन्तै फर्कन लागेको सचिव पुनले बताए।