बोक्सी र बलात्कारको घटनामा संलग्नलाई कार्वाही गर्न वर्षमानको माग

बोक्सी र बलात्कारको घटनामा संलग्नलाई कार्वाही गर्न वर्षमानको माग


काठमाडौं – माओवादी नेता वर्षमान पुनले कैलालीमा बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीको विषयलाई संसदमा प्रवेश गराएका छन् । संघीय संसद भवन नयां बानेश्वरमा जारी प्रतिनिधिसभाको बैठकमा आईतबार बोल्दै माओवादी सांसद पुनले बोक्सीको आरोपमा कुटिएकी चौधरीको घटनामा संलग्नलाई कडा कार्वाही गर्न माग गरेका छन् ।

पुर्व अर्थमन्त्री समेत रहेका नेता पुनले एक्काइसौं शताब्दीमा पनि समाजमा अझै यस्ता अमानवीय घटना भइरहेको भन्दै त्यसमा सबैको ध्यान जानुपर्ने बताएका छन् । उनले गत साता तराईमा भएको बालिका बलात्कारको घटनाका विषयमा पनि सांसदको ध्यानआकर्षण गराएका छन् ।

‘अवदेखी हामीले यस्ता घटना सुन्न नपरोस,घटनामा संलग्नलाई कानुनअनुसार कार्वाही गरियोस् ।’ संसद बैठकमा बोल्दै पुर्वअर्थमन्त्री पुनले भने । उनले समाजलाई समृद्ध बनाउदै अघि बढ्नुको विकल्प नभएको समेत बताए ।