मोनाकोसँग बार्सिलोना पराजित

मोनाकोसँग बार्सिलोना पराजित


काठमाण्डु-यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोना पराजित भएको छ । आज बिहान भएको खेलमा मोनाकोले बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १०औँ मिनेटमै बार्सिलोनाका एरिक ग्रासिया रातो कार्ड पाउँदै मैदानबाहिर गएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा सीमित बार्सिलोनामाथि मोनाको विजयी भएको हो ।

मोनाकोका लागि मघनेस एकिलोचेले १६औँ मिनेटमा बार्सिलोनाविरुद्ध अग्रता दिलाएका थिए । तर, २८औँ मिनेटमा युवा खेलाडी लामिन यामालले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यद्यपि, मोनाकोका लागि जर्ज इलेनिखेनाले ७१औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा पु¥याए । उनको त्यही गोल निर्णायक बन्दा बार्सिलोनाविरुद्ध मोनाको २–१ ले विजयी भएको हो ।

लिगअन्तर्गतकै अर्को खेलमा एटलेटिको मड्रिडले आरबी लाइपजिगलाई २–१ ले पराजित गरेको छ । त्यस्तै बायर लेभरकुजनले फायनउडमाथि ४–० को जित निकाल्दा बेस्टले र्स्टम ग्राजलाई २–१ ले स्तब्ध पा¥यो ।