हटलाइनमा ऊर्जामन्त्रीसँग नागरिकका गुनासा-विद्युत अफिसको फोन नै उठदैन, यी हुन् १६ गुनासा

हटलाइनमा ऊर्जामन्त्रीसँग नागरिकका गुनासा-विद्युत अफिसको फोन नै उठदैन, यी हुन् १६ गुनासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शक्रबार हटलाइनमार्फत् नागरिकका गुनासा सुनेका छन्।

शुक्रबारबाट सिधैं जनताको गुनासो सुनुवाई गर्न मन्त्रालयबाटै टेलिफोन संवाद थालेका मन्त्री पुनसँग १६ जना नागरिकले शुक्रबार जलविद्युतको विकास, विद्युत आपूर्ति लगायतका गुनासा राखे।

उनले विद्युत आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणलाई चुस्त बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । मन्त्री पुनले विद्युत महशुल उठाउने विषयलाई सहज बनाउन थप गृहकार्य गर्ने आश्वासन पनि दिए।

मन्त्रालय र मातहतका नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर सेवालाई प्रभावकारी बनाउन कार्यक्रम सुरु गर्न उनले यस्तो योजना ल्याएका हुन्।

मन्त्री पुनसँग हटलाइन नम्बर ११५१ र ०१–४२००६४१ र ४२ मा हरेक शुक्रबार मध्यान्न १२ देखि एक घण्टा कुराकानी गर्न सकिनेछ।

यी हुन् गुनासा