स्पेनिस ला लिगा : बार्सिलोनाको दोस्रो जित

स्पेनिस ला लिगा : बार्सिलोनाको दोस्रो जित


काठमाण्डु- स्पेनिस ला लिगामा बार्सिलोनाले दोस्रो जित हात पार्न सफल भएको छ ।  आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा गेटाफेलाई २-१ ले पराजित गर्दै दोस्रो जित हात पार्न सफल भएको हो ।

बार्सिलोनाको जितमा डच खेलाडी मेम्फिस डिपाएले उत्कृष्ट प्रदर्शन कायम राखेका छन् । खेलको दोस्रो मिनेटमै सर्जि रोबर्टोले जोर्दी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए ।

तर १८ औं मिनेटमा सान्ड्रो रामिरेजले चाल्र्स एलेनाको पासलाई गोलमा परिणत गर्दा गेटाफेले बराबरी गर्न सफल भएको थियो । ३० औं मिनेटमा डिपाएले फ्रेन्की डे जोङको पासमा गोल गरेपछि बार्सिलोना २-१ को अग्रता बनाउन सफल भएको हो । पहिलो हाफमा भएको यो नतिजा नै निर्णायक बन्न सफल भएको थीयो । आइतबार राति नै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भिल्लारियलसँग २-२ गोलको बराबरीमा रोकियो ।

भिल्लारियलका लागि मनुयल ट्रिग्वेरोसले ५२ औं मिनेटमा टीमका लागि पहिलो गोल गरेका थिए । ५६ औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा ल्याए । ७४ औं मिनेटमा एमाउट डान्जुमाले गोल गर्दै भिल्लारियललाई पुनः अग्रता दिलाए । लिगमा बार्सिलोनाको जितपछि तीन खेलबाट ७ अङ्क जोडेको बार्सिलोना चौथो स्थानमा छ ।