आजदेखि सुरू भयाे इन्द्रजात्रा, बसन्तपुरमा य:सिं ठड्याइयो

आजदेखि सुरू भयाे इन्द्रजात्रा, बसन्तपुरमा य:सिं ठड्याइयो


काठमाण्डु- काठमाण्डुको प्रसिद्ध इन्द्रजात्रा सुरु भएको छ । बुधबार हनुमानढोका परिसरमा पूजाआजा गरी इन्द्रध्वजासहितको लिंगो (यःसिं) ठड्याइएसँगै जात्रा सुरु भएको हो ।

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको य:सिंलाई बिहान ७ः१५ बजेको साइतमा ठड्याइएको हो । य:सिं ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुनका साथ तोप पड्काएका थिए ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । भदौ २८ गते नानिचा यात्रापछि हनुमानढोकामा ठड्याइएको य:सिं ढाल्ने र टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।