पुर्व गृहमन्त्री बस्नेतको पहलमा जाजरकोटमा सुरु भयो २४ घण्टा आकस्मिक प्रसूति सल्यक्रिया सेवा

पुर्व गृहमन्त्री बस्नेतको पहलमा जाजरकोटमा सुरु भयो २४ घण्टा आकस्मिक प्रसूति सल्यक्रिया सेवा


जाजरकोट  – जाजरकोट अस्पतालमा २४ घण्टा आकस्मिक प्रसुती  सल्यक्रिया सेवा सुरु भएको छ । पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले २४ घण्टा सल्यक्रिया सेवा सुरु गर्ने कार्यक्रमको शुक्रवार औपचारिक रुपमा उद्घाटन गरेका छन् । यससंगै जाजरकोटमा सुत्केरी सेवा नहुदा हजारौ खर्च गरेर जिल्ला वाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

 

 

उद्घघाटन कार्यक्रममा शुक्रवार वोल्दै पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले स्वास्थ्य सेवामा व्यापक सुधार गर्नुपर्ने अवस्था आएको भन्दै त्यसका लागी आफुले पहल गरीरहेको दाबी गरे । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका माओवादी नेता वस्नेतले यो सेवा सुचारु गर्न निकै ठुलो कसरत गर्नु परेको जानकारी दिदै यसका लागी सबैले सहयोग गर्न आग्रह समेत गरे ।

 

 

 

कार्यक्रममा नेता वस्नेतले कर्णाली विज्ञान प्रतिष्ठानको काम पनि छिटो सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।  उनले जाजरकोट जिल्ला अस्पतालको स्तर उन्नतीको लागी आफुले पहल गरीरहेको समेत जानकारी दिए । जाजरकोटमा वस्नेतकै पहलमा ५० शैयाको जिल्ला अस्पताल बनेको थियो ।  

 

 

कार्यक्रममा बस्नेतले सडक विस्तारका लागि सरकारले जाजरकोटका विभिन्न तीन वटा सडकलाई राष्ट्रिय रुपमा महत्व दिएर काम अगाडी बढाएको जानकारी समेत दिए । वस्नेतले केही समयभित्रै जिल्लाका सबै क्षेत्रमा सडक सञ्जाल जोड्ने घोषणा समेत गरे । वस्नेतले जाजरकोट डोल्पा हुदै तिव्वत, जाजरकोट जुम्ला , मध्यपहाडी लोकमार्ग र दाङ्ग हुदै मुगु जोड्ने नया“ सडकको काम भईरहेको जानकारी समेत दिए ।