वायु सेवा निगमका समस्या सुधारका लागि अध्ययन ४ सदस्यीय समिति गठन

वायु सेवा निगमका समस्या सुधारका लागि अध्ययन ४ सदस्यीय समिति गठन


काठमाण्डु– नेपाल वायु सेवा निगममा देखिएका समस्या र सुधारका लागि अध्यन समिति गठन भएको छ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्ने गरि शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो।

उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल छन्।

समिति सभापति राजकिशोर यादवले नेपाल वायु सेवा निगम अध्ययन समितिले एक महिनाभित्रमा प्रतिवेदन पेस गर्ने बताए।