काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको अपेक्षा सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षा सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको प्रष्टयाएका हुन् ।
जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतका समस्या समाधानमा जोड दिइएको बताउनु भयो भने जनताको दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक वर्षभित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अर्ब बजेटको व्यवस्था गरेको पनि स्मरण गराए । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पुर्याइएको बताए ।
अर्थमन्त्री खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको पनि बताए । गरिब र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको पनि अर्थमन्त्री खतिवडाले बताए ।
बजेटमा राज्यले संरक्षण गर्नुपर्ने जेष्ठ नागरिक, अपांग नागरिक, एकल महिलाहरुलाई दिईदै आएको भत्ता एक हजारका दरले वृद्धि गरिएको छ ।
प्रतिक्रिया