काठमाडौं – विगत ८० को लामो अन्तरालसम्म निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ ।
बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे गरेको थियो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’ कार्यक्रम निकै लोकप्रिय थियो ।
बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । नेपालमा पनि बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ ।
बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको थियो । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि सोही कारण मानिएको छ । तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए ।
प्रतिक्रिया