भारतीय महावाणिज्यदूत भन्छन्, ‘राजनीतिक परिवर्तनले सहयोग रोकिँदैन’

भारतीय महावाणिज्यदूत भन्छन्, ‘राजनीतिक परिवर्तनले सहयोग रोकिँदैन’


चितवन– भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत विसी प्रधानले नेपालमा राजनीतिक परिवर्तन हुँदैमा भारतको सहयोग नरोकिने बताएका छन्।

 

 

शनिबार चितवनमा आयोजित कार्यक्रममा महावाणिज्यदूत प्रधानले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताएका हुन्।

 

 

‘परिवर्तनबाट नै विकास शुरु हुन्छ। भारत नेपालको हरेक विकास निर्माणका क्रममा साथमा रहेको छ,’ उनले भने।

 

 

नेपाल र भारतबीचको सम्बन्धलाई दिगो बनाउनका लागि आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने महावाणिज्यदूत प्रधानउले बताए। केही समयअघि चिसिएको सम्बन्धलाई सुधार गर्दै अझै बलियो सम्बन्ध बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।