काठमाण्डु– उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणका अभियुक्त बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकै निर्णय सदर गरेको हो।
दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो । आदेशपछि उनीहरु थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका थिए। तर उच्चले पनि उनीहरुको माग अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको हो।
उनीहरुमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।
प्रतिक्रिया