बिगब्यासको दोस्रो खेलमा सन्दीपको चमत्कार

बिगब्यासको दोस्रो खेलमा सन्दीपको चमत्कार


काठमाडौं – बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट पहिलो खेलमा दुई विकेट लिएका सन्दीप लामिछानेले दोस्रो खेलमा तीन विकेट लिएका छन् । सोमबार भइरहेको दोस्रो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध उनले तीन विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएका छन् ।

यसअघि पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध सन्दीपले २ विकेट लिएका थिए। सोमबार सम्पन्न सातौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एलेक्स डोलानलाई बोल्ड पारेका थिए। यस्तै टिमको चौधौं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले हुरिकेन्सका ओपनर म्याथ्यु वाडेलाई पवेलियन फर्काउँदै दोस्रो विकेट लिएका थिए।

टोलीको सोह्रौं ओभरमा आफ्नो अन्तिम ओभर लिएर आएका उनले पहिलो बलमै म्याक डोरिमेटलाई एलबिडब्लुको सिकार बनाएका थिए। समग्रमा सन्दीपले चार ओभरको स्पेलमा २४ रन खर्चेर ३ विकेट लिएका हुन्। यद्दपी उनको टोली मेलबर्न भने हुरिकन्ससँग ६ विकेटले पराजित भएको छ।