विज्ञप्तिको विषयमा छानबिन सुरु, बधाई लेख्नेलाई सरकारको कडा कारबाही

विज्ञप्तिको विषयमा छानबिन सुरु, बधाई लेख्नेलाई सरकारको कडा कारबाही


काठमाडौं – परराष्ट्र मन्त्रालयका तर्फबाट बुधबार इन्डोनेशियाका समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सम्वेदना पत्रमा भएको त्रुटिका विषयमा छानबिन सुरु गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयका तर्फबाट बुधबार इन्डोनेशियाका समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सम्वेदना पत्रमा भएको त्रुटिका विषयमा छानबिन गरी संलग्नलाई आवकश्यक कारबाही गरिने बताएको छ ।

परराष्ट्र मन्त्रालयले पत्रमा त्रुटि नभएको तर विज्ञप्तिमा त्रुटि भेटिएको पनि स्पष्ट पारेको छ। ’सम्माननीय राष्टपतिज्यूबाट इन्डोनेशियाका राष्टपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा त्रुटि हुन गएको देखिन्छ। त्रुटी कसरी हुन गयो? भन्ने बारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको छ।

संलग्नलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्री ज्ञावलीको सचिलायले जारी गरेको विज्ञप्तिमा भनिएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीसम्बन्धी प्रेषित पत्रमा सम्वेदना सन्देशमा गल्तीले ’बधाई’ शब्द परेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। त्यसलगत्तै मन्त्रालयले विज्ञप्ति निकालेर गल्ती भएको भन्दै माफीसमेत मागेको थियो।