‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गर्दै निश्चलले भने-एमएसएम भिडिओमार्फत भेट्नेछौं

‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गर्दै निश्चलले भने-एमएसएम भिडिओमार्फत भेट्नेछौं


काठमाण्डु– नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ । फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेको बताएका हुन् । उनका अनुसार चलचित्र भोलि (बिहीबार) बाट हलमा लाग्ने छैन ।

‘बेहुली फ्रम मेघौली’को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै निर्माता बस्नेत असन्तुष्ट बनेका थिए । निश्चलले फिल्म राम्रो चल्दा, हाउसफूल हुदाँ हुँदैपनि सो घटाएर विदेशी फिल्मलाई दिनु मान्य नहुने भन्दै विकल्प खोज्ने बताएका थिए । सोहि अनुरुप ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेको उनले बताए

‘भोलि (अक्टोबर १७) बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ,’ बस्नेतले भने ।

साथै, उनले ओटीपीको समस्या समाधान गर्दै चाँडै एमएसएम भिडिओमार्फत फिल्म रिलिज गर्ने उनले बताए । उनले भने ‘अब ओटीपीको समस्या समाधान गर्दै  चाडै एमएसएन भिडियो मार्फत भेट्नेछौं, एप डाउनलोड गर्दै गर्नुहोस् ।’उनका अनुसार, अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा चलचित्र उपलब्ध हुनेछैन।

घटनास्थापनाको दिनबाट प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’ले उत्साहजनक व्यापार गरिरहेको थियो । फिल्ममा निश्चल र स्वस्तिमा खड्कासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ।