एजेन्सी– बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको छ । प्रेस्कटको मृत्यु भएको उनको पारिवारिक स्रोतले बिहीबार जानकारी दियो ।
प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।
४ दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको “शान्तिपूर्वक“ मृत्यु भएको उनकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारे ।
प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।
प्रतिक्रिया