बेलायती प्रधानमन्त्री बोरिस जोनसले गरे ‘इंगेजमेन्ट’

बेलायती प्रधानमन्त्री बोरिस जोनसले गरे ‘इंगेजमेन्ट’


एजेन्सी – बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इंगेजमेन्ट गरेका छन् । उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरुको इंगेजमेन्ट गरेको घोषणा गरेका हुन् ।

उनीहरु यसै वर्षको गृष्मकालिन समियमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन् । यो घोषणसँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा विहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

जोनसनको दोस्रो पत्नी भारतीय मूलकी मारिना ह्विलर हुन् । उनीहरुको सम्बन्ध विच्छेदाको अवस्था अन्तिम चरणमा पुगेको छ । फेब्रुअरीको सुरुमै उनीहरुले सम्बन्ध विच्छेदको औपचारिकता पूरा गर्दै एक वित्तीय सम्झौतामा सहमति समेत गरेका थिए । प्रधानमन्त्री बनेपछि ५५ वर्षीय जोनसन तथा ३१ वर्षीय साइमन्ड जुलाइ २०१९ देखि डाउनिङ स्ट्रिटमा बस्दै आएका छन् ।

यो विवाह भएपछि साइमन्ड जोनसनको तेस्रो पत्नी हुनेछिन् । उनले सबैभन्दा पहिले मोस्टिन ओभेनसँग १९८७ मा विवाह गरेका थिए । तर विवाहको ६ वर्ष अर्थात् १९९३ मै उक्त सम्बन्ध टुटेको थियो । त्यसपछि उनले १९९३ मा ह्विलरसँग विवाह गरे । ह्विलरका तर्फबाट उनको चार सन्तान छन् ।