रफाह आक्रमणपछि नेतन्याहुले भने- नागरिकको क्षति हाम्रो लागि दुखद घटना हो

रफाह आक्रमणपछि नेतन्याहुले भने- नागरिकको क्षति हाम्रो लागि दुखद घटना हो


एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा भएको आक्रमणलाई दुःखद दुर्घटना भएको बताएका छन्

इजरायलले आइतबार रफाहस्थित शरणार्थी शिविरमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ४५ जनाको ज्यान गएको थियो । आक्रमणपछि नेतान्याहुले अन्तर्राष्ट्रिय स्तरमा लगातार आलोचना खेपिरहेका छन् ।

नेतान्याहुले भने, ‘हामीले रफाहबाट १० लाख मानिसलाई सुरक्षित स्थानमा सारेका छौं । हामी नागरिकलाई हानि नहोस् भनेर सुनिश्चित गर्ने प्रयास गर्छौं। तर सोमबार एउटा घटना घट्यो । हामी यसको अनुसन्धान गर्दैछौं र हामी यसबाट सिक्ने छौं । नेतान्याहुले भने, ूकुनै पनि नागरिकको क्षति हाम्रो लागि दुखद घटना हो, यो हमासको लागि रणनीति हो।’

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४५ जनाको मृत्यु भएको छ । सयौं मानिस गम्भीर रूपमा जलेका छन्, धेरैको हड्डी भाँचिएको छ र केही गहिरो घाइते छन्।