सत्य निरुपणमा भट्ट र वेपत्ता छानबिन आयोगको अध्यक्षमा सुवेदी सिफारिस

सत्य निरुपणमा भट्ट र वेपत्ता छानबिन आयोगको अध्यक्षमा सुवेदी सिफारिस


काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र जबराको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ ।

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कानुन लगायतका विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति जुटिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरु सहभागी बैठकमा कानुन निर्माण र आयोगमा पदाधिकारी नियुक्तिको सहमति भएको थियो ।