बीपी अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैद

बीपी अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-विशेष अदालतले भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैदकाे फैसला सुनाएकाे छ।

विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना गर्ने फैसला मंगलबार सुनाएको हो।

उक्त अवैध सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ। अवैध ठहरिएको जति नै रकम उनले जरिवानाका रूपमा बुझाउनुपर्ने फैसलामा भनिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल फागुन २ गते श्रेष्ठ र उनकी पत्नीविरुद्ध १ करोड ६७ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

२०५४ साल साउन १ गते सेवा प्रवेश गरेका भक्तमानको २०७० साल साउन ४ गतेसम्मको सम्पत्ति मूल्यांकन भएको थियो। त्यसक्रममा तीन करोड ७९ लाख रुपैयाँ आर्जन गरेकोमा एक करोड ८५ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी थियो। अख्तियारले उनकी पत्नी शिलुलाई समेत प्रतिवादी बनाएको थियो।